महिनावारी भएको बेला के खाने के नखाने ! खानपानले पनि धेरै फरक पार्छ, महिनावारी भएको बेला भुलेर पनि नखानुस यी खाने कुराहरु


महिनावारी एक प्रकृतिक नियम हो । महिनावारी भएको बेला महिलाहरुले धेरै कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ । बिशेषत महिनावारीको बेला महिलाको शरीर अरु समयको भन्दा अस्वास्थ्या नै हुन्छ अनेक थरीका शारीरिक र मानसिक समस्या झेल्नु पर्ने हुन्छ । मांसपेशिमा तनाव, दुखाई, चक्कर आउनु, हातखुट्टा बाउडिनु र गहु्रगोंपन आदी सामान्य समस्या हुन् ।

महिनावारीको समय महिला एकै खाले समस्या हुदैन यो सबै महिलाहरुको आ-आफ्नो अवस्था र समस्या हुन्छ । कसैलाई धेरै दुख्ने हुन्छ भने कसैलाई कम दुख्ने हुन्छ । महिनावारीको दुखाई र महिनावारीको दिन सबै महिलाका लागि छुट्टा छुट्टै हुन्छ । यस्तो अवस्थामा कुनै एक जनाको स्थितीको आधारमा अरुको अवस्थाको बारेमा भने आकलन गर्न सकिँदैन । महिनावारीको दुखाई कम गर्नका लागि धेरै घरेलू उपायहरु छन् ।

महिनावारी भएको बेला पिडा सहन नसकी दुखाई कम गर्ने औषधि पनि सेवन गर्ने गर्दछन । दुखाईको उपायका साथ साथै महिनावारीको समय खानपानको पनि विशेष ध्यान दिनुपर्छ । खानपानमा कहिले पनि यस्तो खानेकुरा खानु हुन्न, जसले दुखाई अझ बढाउँछ र बिरामी पनि बनाउन सक्छ ।

महिनावारीको समय यि खानेकुराबाट नखादै राम्रो :

१. कैफीन

महिनावारीको समय कैफीनयुक्त खाना खानु घातक हुन सक्छ । अत्यधिक मात्रामा चिया, कफी वा सफ्ट ड्रिन्क्स पिउनाले हानी पु¥याउन सक्छ । यसले हात खुट्टा बाउडिन्छ र दुखाई बढाउँछ । यस अवस्थामा दिनमा एक वा दुई पटक मात्र अर्गानिक चिया पिउनु राम्रो हुन्छ ।

२.मादक पदार्थ

महिनावारीको समय मादक पदार्थबाट टाढैँ बस्नु पर्छ । महिनावारीको समय रक्सी, वियर जस्ता मादक पदार्थ पिउनाले पेटको तल्लो भाग सुन्निन सक्छ ।

३. चकलेट

चकलेटमा कैफीन हुन्छ, जसले क्रैम्पिगमा समस्या उत्पन्न हुन्छ । कैफीनले गर्दा मांसपेशिहरु बाउडिन थाल्छ र दुखाई सुरु हुन्छ ।

४. रातो मासु

रातो मासु खानाले महिनावारीको समय हुने दुखाई बढ्छ । रातो मासुमा पाइने एसिडले प्रोस्टेट ग्ल्याण्डलाई धेरै नै सक्रिय बनाई दिन्छ, जसले गर्दा महिनावारीको समय हुने दुखाई अझ बढेर जान्छ ।

५. अचार

महिनावारीको समय धेरै अमिलो, पिरो र मसालेदार खाना खानु हुँदैन । विशेष गरी नुनिलो र अचार । यिनिहरुमा सोडियमको मात्रा भरपूर हुन्छ जसले दुखाई बढ्न सक्छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
Advertisement