बाख्राको दूधले पुरुषको सेक्स पावर बढाउछ


दुध पिउनु स्वास्थ्याको लागि एकदम राम्रो हो। यो हाम्रो शरीरको विकासको साथ-साथै हड्डीको लागि पनि निकै आवश्यक हुन्छ । सामान्यतय: मानिसहरू दिनहुँ गाई अथवा भैँसीको दूध पिउने गर्दछन् । गाई र भैँसीको दूधको साथै बाख्राको दूध पनि स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ ।

विशेषगरि ती पुरुषहरूको लागि आवश्यक हुन्छ, जसलाई यौन इच्छा शक्तिको कमीले चिन्तित बनाएको छ । यसको साथै दूध स्वास्थ्य र बच्चाको शारीरिक विकासको लागि निकै फाइदाजनक हुन्छ । गाई र भैँसीको दूधमा जस्तै बाख्राको दूधमा पनि विभिन्न पौष्टिक तत्व हुन्छ । यसकारण यहाँ बाख्राको दूध पिउनुको निकै उपयोगी फाइदा यसप्रकार उल्लेख गरिएको छ ।

सेक्सुअल पावर बढाउनको लागि

बाख्राको दुह पिउने तरिका अलग-अलग हुन्छ । जुन पुरुषहरूलाई सेक्सुअल पावरमा कमी महसूस हुन्छ, उनीहरूले ७-८ खजुरलाई बाख्राको ताजा काँचो दूधमा मिलाएर रातभरि राख्नुहोस् र बिहान उठेर सबै खजुरलाई चपाएर खानुहोस् र त्यसपछि दूधलाई पिउनुहोस् । यसको सेवन केही दिनसम्म लगातार गर्दा यौन शक्तिमा चाँडो वृद्धि हुन्छ र साथै उनीहरूको नपुसंकता पनि बिस्तारै-बिस्तारै समाप्त हुन्छ । जसले नियमित रूपमा दूधको सेवन गर्दछन्, उनीहरूको कोलेस्ट्रोल सन्तुलनमा रहन्छ, जसबाट हर्ट अट्याकको खतरा हुँदैन ।

आन्द्राको सूजन कम

रिसर्चमा पत्ता लागेको छ कि बाख्राको दूध पिउँदा आन्द्राको सूजन कम हुन्छ । दिनहुँ बाख्राको एक गिलास दूध पिउनु स्वास्थ्यको लागि अत्यन्त लाभदायक हुन्छ ।

हड्डीलाई बलियो राख्छ

क्याल्शियमको कमीको कारण हड्डी कमजोर हुन्छ । बाख्राको दूध पिउँदा क्याल्शियमको कमी पूरा हुन्छ र यसबाट हड्डी बलियो हुन्छ ।

इम्यून सिस्टम बढाउँछ

नियमित बाख्राको दूधको सेवन शरीरको प्रतिरक्षा शक्ति बढाउन मद्दतगार हुन्छ । कयौँ चिकित्सकले बच्चालाई यसको सेवन गराउन सल्लाह दिने गर्दछन् । यसको दूधमा प्रशस्त मात्रामा क्याल्शियम हुन्छ, जसबाट हड्डी मजबूत हुन्छ र बच्चाको विकास चाँडो हुन्छ । साथै बाख्राको दूधमा ३५ प्रतिशत सम्म फ्याटी एसिड पाईन्छ, जो शरीरको लागि निकै फाइदाजनक हुन्छ ।

ब्लड प्रेशर कम हुन्छ

बाख्राको दूध पिउने व्यक्तिको ब्लड प्रेशर नियन्त्रित रहन्छ किनकी बाख्राको दूधमा पोटेशियमको स्तर निकै बढी हुन्छ, जो ब्लड प्रेशर कम या बढी हुनबाट रोक्छ । यसको साथै बाख्राको दूधमा सेलेनियम नामक एक मिनरल पाईन्छ ।

प्रोटीनको लागि

प्रोटीन शरीरको विकास र ग्रोथको लागि आवश्यक हुन्छ र बाख्राको दूध प्रोटीनको लागि सबैभन्दा उपयुक्त हुन्छ । यदि तपाई चाहनुहुन्छ भने बच्चाको ग्रोथ निरन्तर रूपले बनाउन र उनीहरूलाई प्रोटीन सही मात्रामा प्रदान गर्नका लागि सबैभन्दा राम्रो विकल्प बाख्राको दूध हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement