आजको राशिफल – वि.सं.२०७५ साल फाल्गुन ०४ गते । शनिबार । ईश्वी सन् २०१९ फेब्रुवरी १६ तारिख


वि.सं.२०७५ साल फाल्गुन ०४ गते । शनिबार । ईश्वी सन् २०१९ फेब्रुवरी १६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि दुवादशी,५५ घडी ०० पला । करण बव,बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त वालव । नक्षत्र आद्रा,२२ घडी १० पला,दिउँसो ०३ बजेर ३५ मिनेट उप्रान्त पुनर्वशु । योग प्रिती,३६ घडि ०३ पला,बेलुकी ०९ बजेर ०८ मिनेट उप्रान्त आयुष्मान ।आनन्दादिमा मुद्गर योग । चन्द्रराशि मिथुन । वैष्णवहरूको भीमा एकादशी व्रत। भीष्म द्वादशी। वटुमाघयात्रा। सन्याडुली। काठमाडौंमा सूर्योदय ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५४ मिनेट । दिनमान २७ घडी ५९ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अल्छी गर्ने बानिले महत्वपुर्ण कामहरु सम्पादन गर्न मुस्किल हुनेछ । समयको ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगी सँग मनमटाबको सिर्जना हुनेछ भने आम्दानिका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानि गर्ने अवसर आएपनि समयले साथ नदिदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न असजिलो महशुष हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएरु जानेछन् । छोटो तथा लामो दुरिको उपलब्धिमुलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा दाजुभाई हरुको सहयोग प्राप्त हुनेछ । पढाई लेखाईमा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ । आफन्तजन तथा परिवासँग टाडिनु पर्दा मानशिक तनाब बढ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नयाँ प्रबिधिको प्रयोग गरि शुरु गरिएका कामहरु समयमा सम्पन्न हुने तथा मनग्गे आम्दानि पनि हुनेछ । शिक्षा क्षेत्र तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । प्राकृतिक स्रोत तथा तरल पदार्थको व्यापार फस्टाएर जानेछ भने आफन्त तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग मार्फत आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आम्दानि भन्दा खर्च अधिक हुँने हुँनाले दैनिकी गुजार गर्न असजिलो महशुष हुनेछ । व्यापार व्यावसायमा आम्दानि कम हुँने तथा पुराना बाकी रहेका कामहरु पनि समयमा सम्पादन नहुँदा थप लगानि गर्ने बाताबरण टरेर जानेछ । समाजमा जनताको काम गर्ने सवालमा केहि गल्ती हुँने हुँनाले गम्भिरता पुर्वक कामहरु गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । सरकारि तथा प्रशासनिक कामहरु समयमा नहुँदा मनमा निरासा जाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनिति तथा समाजसेवामा जनताको गतिलो साथ तथा समर्थन पाईनेछ भने समाजमा तारिफयोग्ग काम गरि नाम कमाउँन सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुँनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

घर परिवार तथा आफन्तहरुको सहयोगमा महत्वपुर्ण तथा सकारात्मक कामहरु अगाडि बढाउँन सकिने समय रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ भने आथित्यपुर्ण सम्मान प्राईने हुँदा मन प्रशन्न हुनेछ । नयाँ सोच तथा नबिन बिचार आउँने हुँनाले बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ । माया प्रेम तथा प्रणय सम्बन्धमा बिश्वासको बाताबरण बढ्नेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु थालनी गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्न पाउँन मन प्रफुल्लित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मुद्धा तथा मामिलामा आज सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुँनाले कुनै कुराको आस गर्नु गलत हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । प्रेममा अबिश्वास हुन सक्छ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् । तारानाथ भण्डारी ।

प्रतिक्रिया दिनुहोस
Advertisement