पाइप गाड्ने क्रममा भेटियो खरबौंको धातुहरु ! (तस्बिरसहित)
काठमाडौ, ३ फागुन । पाइप गाड्ने क्रममा मजदुरहरुले धातुका महंगो घडा भेटाएका छन् ।
स्पेनको एक पार्कमा उनीहरुले खनिरहेको बेलामा अनौठो किसिमको आवाज आएपछि ,शकांको आधारमा अझै १ मिटर जति खन्दा यस्तो वस्तु भेटिएको हो ।
जुन कुनै कडा यस्तुमा ठोक्किएपछिे आवाज आएको रहेछ । जहाँ १–२ वटा होइन पूरै १९ वटा घडा भेटिएको थियो । यिनीहरुको आकार पनि गाउँघरमा पानी बोक्न प्रयोग हुने घैंटाजत्रै थियो ।
त्यसपछि मजदुरहरुले उक्त घडाहरु खोलेर हेर्दा त्यहाँभित्र सबैमा चाँदी र तामाका परापूर्वकालीन सिक्काहरु भरिएका थिए । यी सिक्का करिब १६०० वर्ष पुराना अर्थात चौथो शताब्दीको रोमनकालको भएको एक अनुसन्धानले जनाएको छ । यहाँ भेटिएका सिक्कालाई जोख्दा तिनीहरुको तौल ६ क्विन्टल रहेको थियो । जसको मूल्य खर्बौं रुपैयाँ पर्ने जनाइएको छ ।
सेभिले पुरातत्व संग्रहालयका अनुसार यी सिक्काहरु सैनिकहरु वा अधिकारीहरुलाई दिन राखिएको हुन सक्छ । यी सिक्काहरुमा रोमन साम्राज्यका कन्स्टेन्टाइन र म्याक्सिमियानको तस्वीर अंकित थियो । यस्ता सिक्का यसअघि स्पेनमा कहीँ पनि भेटिएका थिएनन् । यी सिक्का त्यो जमानाका हुन् जतिबेला युरोपका अधिकांश भागमा रोमनले शासन गरेको बेलाको हुनसक्ने संग्रहालयकी निर्देशक एना नेवेरोले बताएकी छिन् ।