निर्यात अनुदानसम्बन्धी कार्यविधि कार्यान्वयनमा
काठमाडौँ, ३ फागुन । स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले ‘निर्यात अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।
बैंकले निर्यात प्रवद्र्धन गरी व्यापारमा देखिएको असन्तुलनलाई कम गर्न उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको हो । बैंकले कार्यविधिमा उल्लेख भएका प्रावधानलाई इजाजत प्राप्त ‘क’ वर्गका सबै वाणिज्य बैंकले पालना गर्नुपर्ने, वस्तु निर्यात तथा सोको भुक्तानी जुन बैंकबाट भएको हो सोही बैंकबाट मात्रै नगद प्रोत्साहन उपलब्ध गराउनुपर्नेछ ।
यस्तै बैंक खातामा रकम जम्मा गर्दा निर्यातकर्ताको खातामा विदेशी मुद्रा जम्मा भएको दिनका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको परिवत्र्य विदेशी मुद्राको खरीद दरका आधारमा नेपाली रुपैयाँमा रुपान्तरण गरी सोही बराबरको नेपाली मुद्रामा प्रदान गर्ने व्यवस्था गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको निर्यातमा नगद अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५ ले तोकेको व्यवस्थाअनुसार उक्त व्यवस्था कार्यान्वयन हुने बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले जानकारी दिनुभयो । रासस