साताको अन्तिम दिन ह्वातै बढ्यो सुनको मुल्य !


काठमाडौं, ३ फागुन । आज साताको अन्तिम दिन नेपाली बजारमा सुनको मुल्य तोलामा एक्कासी ४ सय रुपैयाले बढेको छ ।

बिहिबार छापावाला सुनको मुल्य तोलामा १ सय रुपैया बढेर प्रतितोला ६१ हजार ७ सय रुपैयामा किनबेच भएको थियो । आज शुक्रबार भने तोलामा ४ सय रुपैयाँ बढेर ६२ हजार १ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य पनि वृद्धि भएको छ । तेजावी सुन प्रतितोला ६१ हजार ८ सय रुपैयामा किनबेच भएको छ ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला ७ सय ६५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement