कवितामा विद्रोह


– मीना घोरसाइने

काठमाडौँ, ३ फागुन। म एक सम्पादक दैनिक अखबारको

मालिकको नुन खाएको छु

नुनकै सोझो गर्छु

मालिकले जहाँ बोलाउँछन्, त्यहीँ जान्छु

राति, बिहान, मध्याह्न

भान्छामा, कोठामा, रेष्टुराँमा

शयन कक्षमा, बाथरुममा, बाटोमा

मालिकले जसरी बस् भन्छन्, त्यसरी नै बस्छु’(राजेन्द्र पराजुली)

राष्ट्रिय समाचार समिति (रासस)को ५८औँ वार्षिकोत्सवका अवसरमा रासस कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको संयुक्त आयोजनामा आज रासस केन्द्रीय कार्यालयमा ‘विशेष कविगोष्ठी’ सम्पन्न भएको छ ।

गोष्ठीमा पत्रकार राजेन्द्र पराजुलीले अहिलेको अवस्थामा पत्रिकाका सम्पादकहरु कस्तो बाध्यतामा छन् र मिडियाका मालिकबाट कसरी आफू शोषित भइरहेका छन् भन्ने यथार्थको वास्तविक चित्रण गर्नुभएको थियो । कवितामा सम्पादकीय स्वतन्त्रताको चिरहरण अभिव्यक्त थियो ।

अर्का पत्रकार तथा कवि विनोदविक्रम केसीले ‘समाचारकक्षमा शासक’ शीर्षक कविता प्रस्तुत गर्दै पत्रकारितामा मुलुकका सञ्चालकहरु हावी भएको चित्रण गर्नुभयो –

‘समाचारकक्षमा अकस्मात् छि¥यो शासक

र, भन्यो–

भोलिको अखबारमा सबै पृष्ठमा मेरो तजबिज हुनेछ

–––
अखबारमा शासक थियो

शासकको भव्य फोटो थियो

उसको चरितचर्चा थियो

उसको विचार थियो

उसको योजना थियो

उसैको सपना थियो’

गोष्ठीमा राससकर्मी तथा कवि दीपेन्द्र अधिकारीले ‘माक्र्सको चिठ्ठी कमरेडहरुलाई’, तीर्थ भट्टराईले ‘समृद्धि आउने भो, बित्यासै पर्ने भो’, पत्रकार तथा कवि त्रिभुवनचन्द्र वाग्लेले ‘झोलाको हाँसोमा श्रीमतीको मुस्कान’, राससकर्मी तथा कवि श्याम रिमालले ‘ईश्वरः प्रेमको सूत्राधार’, राससकर्मी रमेश लम्सालले ‘तिमी, म र उही कहानी’, शशि अधिकारीले ‘परदेशी दाजुलाई भाइको चिट्ठी’, मीना घोरसाइनेले ‘म झुम्राकी पुतली’, सञ्चारकर्मी डा नवराज लम्सालले ‘दृष्टिविन्दु’(पद्य) शीर्षक कविता वाचन गर्नुभएको थियो ।

त्यस्तै डा रामकुुुुमार भौकाजी, गण्डकीपुत्र, धर्तीचन्द्र यात्री, केशव सिलवाल, कृष्ण अधिकारी, मदन गौतम र प्रकाश सिलवालले पनि आआफ्ना कविता र मुक्तक वाचन गर्नुभएको थियो ।

सो अवसरमा राससका अध्यक्ष श्यामल अधिकारीले कविमा मात्र सत्यताको खोजी गर्न सक्ने क्षमता हुन सक्ने बताउँदै साहित्यकार र साहित्यानुरागीले पत्रकारितामा पनि नयाँ सिर्जना र नवप्रवत्र्तन ल्याउन सक्ने बताउनुभयो । राससले िवसं २०७७ आफ्नो साठीऔँ जन्मोत्सवमा भव्य कविगोष्ठी आयोजना गर्र्ने जानकारी दिनुभयो ।

काठमाडौँमा शुक्रबार राससको ५८औं वार्षिकोत्सवका पूर्वसन्ध्यामा आयोजित विशेष कवि गोष्ठी कार्यक्रममा कवितावाचन गर्दै सहभागी । तस्वीर ः चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस

सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानका पुराना उत्कृष्ट अनुसन्धान प्रकाशन गर्ने, उत्कृष्ट कृति पुनःमुद्रण गर्ने तथा प्रज्ञा बृहत् शब्दकोश र समाचारगृह शैली पुस्तिका ल्याइने जानकारी दिँदै प्रज्ञा–प्रतिष्ठान र राससबीच सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानबाट गरिने अनुसन्धानमा सहभागी हुन पनि आग्रह गर्नुभयो । प्रज्ञा–प्रतिष्ठान काव्य विभागका प्रमुख डा हेमनाथ पौडेलले हालको समयमा धेरै कविता लेखिए पनि थोरै कवितामा मात्र सामथ्र्य रहेको विचार व्यक्त गर्नुभयो । “कविताले समाजको कुरुप यथार्थप्रति व्यङ्ग्य गर्दै सुधारको अपेक्षा गरेको हुन्छ”, उहाँले भन्नुभयो ।

काठमाडौँमा शुक्रबार राससको ५८औं वार्षिकोत्सवका पूर्वसन्ध्यामा आयोजित विशेष कवि गोष्ठी कार्यक्रममा कवितावाचन गर्दै सहभागी । तस्वीर ः चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय र रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले समाचारमा अझ मिठास ल्याउनका लागि साहित्यले मद्दत गर्ने विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement