फुटबल–सातदोबोटो विजयी


काठमाडौँ, ३ फागुन । सातदोबाटो युथ क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) को टेक्निकल खेल मैदानमा आज भएको पहिलो खेलमा सातदोबाटोले झम्सिखेल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलमा सुरुआती अग्रता भने झम्सिखेलले लियो । खेलको पहिलो हाफको २० औँ मिनेटमा झम्सिखेलका मनकुमार राईले एक गोल गर्दै खेलमा पहिलो अग्रता लिए, तर त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफसम्म १–० ले अगाडि रहेको झम्सिखेलले दोस्रो हाफमा दुई गोल खान पुग्यो । दोस्रो हाफको ५० औँ मिनेटमा सातदोबाटोका पृथ्वी चौधरीले एक गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए ।

त्यस्तै खेलको ८७ औँ मिनेटमा सातदोबाटोका अर्का खेलाडी भुवन बस्नेतले एक गोल थपेपछि सातदोबाटोले झम्सिखेलविरुद्व २–१ को जीत हासिल ग¥यो । विभिन्न १२ टोलीले सहभागिता जनाएको उक्त प्रतियोगताको विजेता टोलीले रु आठ लाख पाउनेछ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement