नेपाली मुलका भारतीयले यस्तो मिठो गीत गाए (भिडियो)


काठमाडौँ । विजेन्द्र हिङमाङ गायन क्षेत्रमा संघर्षरत छन् । नेपाली मूल हिङमाङ भारतको च्याङ्बारी टि–गार्डेनमा कार्यतरत छन् । नेपाली र भारतीय दुबै गीतमा हिङमाङ उत्र्तिकै अब्बल छन् । २९ बर्षीय हिङमाङ भारतमै जन्मे हुर्के पनि नेपाली भाषा र गीतसंगीतप्रति लगाव राख्छन् ।

भारतको चर्चित रियालिटी शो इन्डिन आइडल, द भ्वाइस अफ इन्डिया र जि बंगला सारेगमपमा सहभागी भई उत्कृष्ट प्रस्तुति दिएका थिए । उनमा उत्कृष्ट गायनशैली भएपनि गायन क्षेत्रमा फड्को मार्न सकिरहेका छैनन् । भन्छन्,‘गलाले साथ दियो तर, भाग्यले दिएको छैन ।’ आफू संगीत सिक्ने क्रममा रहेको बताउँदै उनले आफू निरन्तर संगीत क्षेत्रमै लागिरहने बताए ।

घरपरिवारको साथ र सहयोगका कारण गायन क्षेत्रमा सक्रिय रहन हौसल्ला मिलेको उनको भनाई छ । व्यक्तिगत रुपमा अनेकौँ दुःख र हण्डरहरु खेप्नु परेको भएपनि संगीतलाई कुनै हालतमा छाड्न नसकेको उनले सुनाए । च्याङ्बारी टि–गार्डेनमा सुपरभाइजरको रुपमा कार्यरत रहेका हिङमाङले भारतका विभिनन स्थानमा भएका स्टेज कार्यक्रमहरुमा सहभागी भई सकेका छन् ।

उनले गायन प्रतियोगिताहरुमा पनि सहभागी भई पुरस्कारहरु समेत प्राप्त गरिसकेका छन् । भन्छन्,‘निरन्तर गायन क्षेत्रमा संघर्ष गरिरहेको छु ।’ उनलाई नेपालका रियालिटी शोहरुमा पनि सहभागीता जनाउने योजना बनाइरहेको बताए । नेपाली गीत संगीतप्रति प्रेम रहेको बताउँदै हिङमाङ नेपाली गीतहरु रेकर्ड गराउने लक्ष्य लिएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement