७८ लाख घुस लिएको आरोप लागेका अख्तियार आयुक्त पाठकले दिए राजीनामा !


काठमाडौं, ३ फागुन । घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार दिउँसो शितलनिवास पुगेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव छविन्द्र पराजुलीले भने, ‘उहाँले राजीनामा बुझाएर जानुभएको छ । स्वीकृत गर्ने/नगर्नेबारे अध्ययन हुँदैछ ।’

पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको भिडियो रेकर्डसम्बन्धी समाचार बुधबार साँझ नेपालखबर अनलाइनले सार्वजनिक गरेको थियो ।

स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले उनीमाथि महाभियोगको छलफल अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement