गेम खेल्दा-खेल्दै ८ वर्षीय बालकको हातमै मोबाइल पड्किदा ४ औंला गुम्यो !


एजेन्सी। गेम खेल्दा खेल्दै हातमै मोबाइल पड्किदा ८ वर्षीय बालकको हातका औंलाहरु गुमाएका छन्। यो घटना पहिलो घटना भने होइन यस्ता घटनाहरु प्राय: आइरहेकै हुन्छन । यो घटना हो भारत महाराष्ट्र स्थिति मुखेडका स्थिति जिग्र नाम गरेको गाउँको घटना हो ।

घाइते बालकका पिता श्रीपत जाघव टिभीमा विज्ञापन देखेपछि IKall K72 फिचर फोन अनलाइन अर्डर गरेका थिए। पेशाले किसन रहेका श्रीपतले मोबैले बारे टेलिभिजनमा विज्ञापन देखेका थिए।

उनले १५ सय भारुमा यस्ता तीन फोन किनेका थिए। ३ फोनसँगै उनले १ घडी समेत पाएका थिए।

आइतबार श्रीपत ठूला छोरा प्रशान्त मोबाइलमा गेम खेल्दै थिए। ८ वर्षीय प्रशान्तको हातमै मोबाइल पड्कियो। डर लाग्दो विस्फोटका कारण प्रशान्तका ४ औंला हातबाट छुट्टिए। उनलाई तुरुन्तै नजिकैको अस्पताल लगियो। तर त्यस अस्पतालले पनि उपचार गर्न गार्हो हुने भन्दा अर्को अस्पताल रिफर गरिदियो।

भारतीय संचार माध्यमहरुका अनुसार अहिले प्रशान्तको उद्गैर स्थित एक निजी अस्पतालमा उपचार भैरहेको छ। मोबाइलको ब्याट्री पड्किएर उक्त घटना भएको बताइएको छ। फुलेको ब्याट्री पड्किएको कारण प्रशान्तले आफ्नो ४ औंला गुमाएको हुन सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement