कम गुणस्तरको मोबाइल चलाउने गर्नुभएको छ ? होसियार ! कम गुणस्तरको मोबाइलमा गेम खेल्दा-खेल्दै मोबाइल पड्किएर यी बालकले गुमाए ४ औंला !!


एजेन्सी, ३ फागुन । भारतको महाराष्ट्रस्थिति मुखेडका एक बालकको हातमै मोबाइल पड्किंदा चार वटा औंलाहरु गुमेका छन् ।

मुखेडकास्थिति जिग्र नाम गरेको गाउँको एक बालकले मोबाइलमा गेम खेल्दा खेल्दै पड्किएर हातका ४ वटा औंलाहरु गुमेका हुन् ।

यस घटनाले धेरैलाई सजक हुनुपर्ने पाठ पढाएको छ । कम-गुणस्तरका कारण मोबाइल पड्किएको अन्तराष्ट्रिय संचार माध्यममा बताइएको छ ।

घाइते बालकका पिता श्रीपत जाघव टिभीमा विज्ञापन देखेपछि IKall K72 फिचर फोन अनलाइन अर्डर गरेका थिए । पेशाले किसन रहेका श्रीपतले मोबाइलबारे टेलिभिजनमा विज्ञापन देखेका थिए ।

उनले १५ सय भारुमा यस्ता तीन फोन किनेका थिए । ३ फोनसँगै उनले १ घडी समेत पाएका थिए ।

यसरी घटेको थियो घटना :

आइतबार श्रीपत ठूला छोरा प्रशान्त मोबाइलमा गेम खेल्दै थिए। ८ वर्षीय प्रशान्तको हातमै मोबाइल पड्कियो। डर लाग्दो विस्फोटका कारण प्रशान्तका ४ औंला हातबाट छुट्टिए। उनलाई तुरुन्तै नजिकैको अस्पताल लगियो। तर त्यस अस्पतालले पनि उपचार गर्न गार्हो हुने भन्दैअर्को अस्पताल रिफर गरिदियो ।

भारतीय संचार माध्यमहरुका अनुसार अहिले प्रशान्तको उद्गैर स्थित एक निजी अस्पतालमा उपचार भैरहेको छ। मोबाइलको ब्याट्री पड्किएर उक्त घटना भएको बताइएको छ। फुलेको ब्याट्री पड्किएको कारण प्रशान्तले आफ्नो ४ औंला गुमाएको हुन सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement