गोल गरेपछि गलत तरिकाले सेलिब्रेसन गर्दा रियललका स्टार वेलमाथि १२ खेलको प्रतिबन्ध !


काठमाडौं, ३ फागुन । पछिल्लो समय रियल मड्रिडलाई एक पछि अर्को दशा लाग्ने क्रम बढेको छ । पुर्चुगिज स्टार कृष्टियानो रोनाल्डोले क्लब छाडेदेखि नै रियललाई दशा लाग्न सुरु गरेको हो ।

यसै क्रममा रियालका स्टार ग्यारेथ बेल माथि १२ ला लिगा खेलमा प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ ।

एट्लेटिको मड्रिड विरुद्धको खेलमा गोल गरेपछि गरेको ‘सेलिब्रेसन’का कारण उनी माथि प्रतिबन्ध लाग्ने सम्भावना बढेको हो ।

ला लिगा आयोजकले बेलले सेलिब्रेसन गरेर एट्लेटिकाका समर्थक माथि मजाक गरेको आरोप लगाएको छ । आयोगले यो घटनाको रिपोर्ट स्पेनिस फुटबल संघलाई बुझाएर बेल माथिको कारबाहीको टुंगो लगाइने जनाएको छ ।

बेलले हातको इशाराले विपक्षी समर्थकलाई जिस्काएको र अपमान गरेको आरोप लगाइएको छ । यदी यो आरोप प्रमाणित भए उनी माथि १२ खेलको प्रतिबन्ध लगाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement