उपाधि होडमा नेपाल र म्यानमार, खेल आजै बेलुकी ६ बजे सुरु हुने !


काठमाडौं, ३ फागुन । हिरो महिला गोल्डकप फुटबलअन्तर्गत अन्तिम उपाधि होडका लागि आज राति नेपाल र म्यानमार भिड्दै छन् ।

भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा नेपाल र म्यानमारबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

राउण्ड रोविनको आधारमा भएको खेलमा म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहंदै फाइनलमा प्रवेश गरेका हुन् ।

राउण्ड रोविन लिगमा तीन खेलमा तीनै खेल जित हात पार्दै म्यानमारले ९ अंक बनाएको थियो । यता, नेपालले भने तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

नेपाल र म्यानमार फाइनलमा पुग्दा आयोजक भारत र इरानभने लिग राउण्डबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement