कञ्चनपुरबाट थप ५ किलो सुन बरामद !


काठमाडौं, ३ फागुन । प्रहरीले कञ्चनपुरबाट थप ५ किलो सुन बरामद गरेको छ ।

कञ्चनपुरको शुक्लाफाँट– ११ बाट थप ५ किलो पाँच सय ग्राम सुन बरामद गरिएको हो ।

योसँगै कञ्चनपुरबाट मात्रै दुई २३ किलो पाँच सय ग्राम सुन बरामद डिएसपी कृष्णराज ओझाले जानकारी दिए ।

यसअघि हिजो बिहीबार कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बरामद गरेको थियो ।

गाडेर राखिएको अवस्थामा उक्त परिमाणमा सुन बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement