यी टिप्स पढ्नु भयो भने तामाको भाँडामा पानी पिउन कहिल्यै पनि छुटाउनु हुने छैन !


एजेन्सी । तामालाई हिन्दु परम्परा अनुसार पवित्र धातु मानिन्छ। र यसलाई वैदिक कार्यहरुमा अनिवार्य मानिन्छ ।

वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएका छन् । तामाको भाँडामा राखेको पानी पिउँदा विभिन्न खाले रोगबाट बँच्न सकिने आयुर्वेदले जनाईएका छन् । तामाको भाँडामा राखेको पानी पिउनुका यी फाइदा :

तामाको भाँडामा कम्तिमा पनि ८ घण्टासम्म राखेको पानी नियमित रुपमा पिउनाले रक्तअल्पता जस्ता समस्या कम गर्न सहयोग पुर्याउछ ।

युरिक एसिडको समस्या कम हुन्छ र जोर्नीको दुखाइ कम गर्न रामवाण सिद्ध हुन्छ ।

पानीमा घुलेको तामा तत्वले सरीरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण गर्दछ । जसले थाइराइडको समस्या उत्पन्न हुन दिँदैन ।

एसिडिटी तथा पेटमा धेरै ग्यास उत्पन्न हुने समस्याबाट छुटकारा मिल्दछ र पाचन क्रिया पनि सुध्रिन्छ ।

कोलेस्ट्रोलको समस्या कम हुन्छ र मुटु स्वस्थ राख्न सहयोग पुग्दछ ।

पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । यसले सरीरमा क्यान्सर प्रतिरोधी क्षमताको विकाश गर्नुका साथै छिटै
बुढ्यौलीका लक्षण देखिने समस्या पनि कम हुन्छ ।

शरीरको वजन कम गर्न पनि सहयोग मिल्दछ ।

ब्याक्टेरिया प्रतिरोधी गुण पाइन्छ । जसले पानीमा भएका जिवाणु नष्ट गर्दछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement