सधै हाई आईरहन्छ भने सावधान रहनु होस्


आजको व्यस्त जीवनशैलीमा स्वास्थ्यको हेरचाह गर्न गाह्रो हुन थालेको छ। एक मानव शरीरलाई निन्द्रा नपुगेको अवस्थामा शरीरमा थकान महसुस हुने गर्छ भने शरीर पूर्ण रुपले स्वस्थ नहुने पनि गर्छ। चिकित्सकहरुको अनुसार निन्द्रा नपुगेको कारण हरेकलाई हाई आउने गर्छ। तर सामान्य भन्दा धेरै हाई आउनु भने स्वास्थ्यको हिसाबबाट खासै राम्रो मानिने गर्दैन। सामान्य भन्दा धेरै हाई आयो भने निम्न स्वास्थ्य सम्बन्धि समस्या हुन सक्छ।

हृदयघात

यदि सामान्य भन्दा धेरै हाई आइरहेको छ र हाई आउने क्रममा मुटु पनि दुख्ने गर्छ भने हृदयघात हुन सक्ने सम्भवन हुने गर्छ। जसको कारण हाईसँगै मुटु पनि दुख्य भने चिकित्सकको सल्लाह लिनु पर्ने हुन्छ।

हाइपोथायराइड

शरीरमा थायराइडको हर्मोनको कमि भएको अथवा थायराइड हर्मोनको उत्पादनमा केहि समया आयोको खण्डमा हाइपोथायराइड हुने गर्छ। चिकित्सकहरुको अनुसार बारम्बार हाई आउनुले हाइपोथायराइडको संकेत गर्न सक्छ।

फोक्सो सम्बन्धि रोग

औषधिहरूको बारम्बार बारम्बार उपयोगको कारण बारम्बार हाइ आउने गर्छ। यस्तै फोक्सो सम्बन्धि रोग लागेको खण्डमा शरीरमा अक्सिजनको कमि हुन जानाले पनि धेरै हाई आउने गर्छ।

शरीर कम्जोर

शरीरमा चाहिने जति शक्ति नहुनाले पनि धेरै हाई आउने गर्छ। यदि कसैलाई धेरैनै हाई आएको खण्डमा शरीरमा तागत नपुगेको बुझ्न सकिन्छ । शरीरमा पोषक तत्वहरूको कमिले गर्दा पनि धेरै हाई आउने गर्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement