तपाईको भाग्य कस्तो रहला, आजको राशिफल – वि.सं.२०७५ साल फाल्गुन ०३ गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी १५ तारिख


वि.सं.२०७५ साल फाल्गुन ०३ गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी १५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि दशमी,०४ घडी ०८ पला,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त एकादशी । करण गर,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त वणिज,बेलुकी ०७ बजेर ३५ मिनेट उप्रान्त भद्रा । नक्षत्र मृगशिरा,२४ घडी ५७ पला,बेलुकी ०४ बजेर ४३ मिनेट उप्रान्त आद्रा । योग विष्कुम्भ,४२ घडि ५२ पला,बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त प्रिती । आनन्दादिमा मानस योग । चन्द्रराशि मिथुन । शल्य दशमी। स्मार्तहरूको भीमा एकादशी व्रत। काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५४ मिनेट । दिनमान २७ घडी ५५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पराक्रम भावमा गाचर गर्ने मध्ययम चन्द्रमाले व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए पनि न्यून आम्दानि हुनेछ । आफन्त,छिमेकी तथा दाजुभाई सँग साना तथा घरायसि कुरामा राज बाजिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँनेछ छैनन भने विवादमा सामेल नहुनु होला । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथि सँग घरायसि कुरामा मनमुटाब सिर्जना हुने सम्छ ध्यान दिनुहोला । खेलकुद क्षेत्रमा सहभागि हुनेहरुका लागि समय मध्ययम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय राम्रो रहेकोले पहिले तपाई सँग प्रतिष्पर्धा गर्नेहरु सहयोगी भई आउनेछन् । व्यावसाय फस्टाएर जाने हुनाले आम्दानि बढेर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु फत्ने हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ । बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । आर्थिक रुपमा केहि कमजोरी भएको महशुष हुनेछ । पुराना रोग तथा समस्या हरु पुनह बल्झिन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा अरुभन्दा पछि परिने हुदा अरुभन्दा पछि परिनेछ । माया प्रेमम नजिक हुदा हुदैपनि एक अर्काको भावना बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । तपाई आफ्नै व्यवहारले आत्म सम्मानमा आघात पुग्नेछ ख्याल गर्नुहोला । व्यापारमा लगानि गर्दै हुनुहुन्छ भने केहि समय कुर्नु नै राम्रो हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्त, साथिभाई तथा घर परिवारका मानिस सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ । राजनितिमा आलोचनात्मक समर्थन प्राप्त हुनेछ भने सामाजिक काम गर्दा बिशेष ख्याल गर्नुहोला । प्रेममा सामान्य मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् । तारानाथ भण्डारी ।

प्रतिक्रिया दिनुहोस
Advertisement