जापानमा गुण्डा गर्दी गर्दै विद्यार्थी माथि आक्रमण गर्ने ५ नेपाली युवा टोकियोमा पक्राउ, छिट्टै नेपाल फर्काइने, अन्य १२५ जनाको खोजी जारी (भिडियो सहित)


टोकियो । जापानमा गुण्डा गर्दी गर्ने ५ युवाहरुलाई टोकियो महानगरिय प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई टोकियो कामाता स्थित एक नेपाली रेष्टुरेन्टमा वितण्डा मच्चाएको आरोपमा पक्राउ गरिएको हो ।

ति युवाहरु रोयाल कामाता बोइज ग्रुपका सदस्य रहेको जापानी संचारमाध्यमले जनाएको छ । ती युवाहरुले गत अक्टोबरमा दशैं मनाउन योकोहामाबाट आएका विद्यार्थी युवाहरु मध्यका ४ जनालाई बियरको बोतल प्रहार गरी सख्त घाइते बनाएका थिए । ति समुहका युवाहरु मादक पदार्थ पिउदै गुण्डा गर्दै हिड्ने गरेको खुलेको छ।

पक्राउ पर्नेहरुमा २० वर्षिय खत्रीसहित २२ वर्षिय आशिष राई, २१ वर्षिय अनिवल रायमाझी लगायतका छन् । उनीहरुको वास्थान स्थायी नहुने भएकोले प्रहरीलाई पक्राउ पर्न गाह्रो भएको बुझिएको छ । तर पनि गुण्डा गर्दी गर्ने रोयाल कामाता बोइज ग्रुपका युवाहरुलाई प्रहरीले ब्यापक खोजी गरिरहेको खबर छ । उक्त ग्रुपमा १३० बढी युवाहरु आवद्द रहेको प्रहरीको दावी छ ।

जापानको एएनएन टेलिभिजनले नेपाली युवाहरु पक्राउ गर्दै गरेको भिडियो सार्बजनिक गरेको छ । हेर्नुहोस् भिडियो :

(भिडियोः एएनएन न्यूज)

प्रतिक्रिया दिनुहोस
Advertisement