भक्तपुरका प्रशासकीय अधिकृत घुस लिएको अभियोगमा पक्राउ


काठमाडौँ, २ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई आज पक्राउ गरेको छ ।

लेनदेनसम्बन्धी मुद्दा मिलाइदिने भन्दै श्रेष्ठले घुस माग्दै गरेको अवस्थामा भक्तपुर दरबार क्षेत्रबाट पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेका प्रशासकीय अधिकृत श्रेष्ठको छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement