रासस वार्षिकोत्सवका अवसरमा सरसफाइ


काठमाडौँ, २ फागुन। राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो ५८ औँ वार्षिकोत्सवका अवसरमा सरसफाइ कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ ।

राससले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज केन्द्रीय कार्यालय परिसरमा सरसफाइ गरियो । कार्यक्रममा राससका अध्यक्ष श्यामल अधिकारी, महाप्रबन्धक ओपेन्द्र शर्मा, नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली तथा विभागीय प्रमुख र कर्मचारी सहभागी हुुुुुुुुुुनुुुुुुहुुुुुुुन्थ्योु ।

फागुन ३ गते विशेष कविगोष्ठी तथा अन्य दिन बुद्धिचाल, हाजिरीजवाफ, म्युजिकल चेयर, हाँडी फुुटाउने र फागुन ६ गते आँखा शिविरलगायत कार्यक्रम हुँदैछ । फागुुुन ७ गते राससको ५८औँ वार्षिकोत्सव मनाइँदैछ ।

रासस राज्यको आधिकारिक, विश्वसनीय सन्तुलित तथा तथ्यपूर्ण समाचार उपलब्ध गराउने संस्था हो । विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका दुई समाचार संस्था नेपाल संवाद समिति तथा सगरमाथा संवाद समिति गाभिएर राष्ट्रिय संवाद समिति स्थापना भएको हो । नेपाली जनतालाई सुसूचित गराउन राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म नेपाली र अङ्ग्रेजीमा राष्ट्रिय अन्तरराष्ट्रिय समाचार, आलेख, तस्वीर र श्रव्य सेवा प्रवाह गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement