चिकित्सक आवास भवन निर्माण


गलकोट, २ फागुन । धवलागिरि अञ्चल अस्पताल बागलुङले सेवारत चिकित्सकहरुका लागि चकित्सक आवास भवन निर्माण गरेको छ ।

रु एक करोड ४६ लाख २९ हजारको लागतमा निर्माण भएको दुईतले पक्की भवनमा चार परिवार बस्न मिल्ने धवलागिरि अञ्चल अस्पतालले जनाएको छ ।

दरबन्दीअनुसारका चिकित्सक नबस्ने समस्यालाई समाधान गर्न चिकित्सक आवास भवन निर्माण गरेको धवलागिरि अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरले बताउनुभयो ।

एक मेडिकल सुपरिटेण्डेन्टसहित २१ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा नयाँ निर्माण भएको भवनसहित १६ चिकित्सकलाई आवास तयार भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताउनुभयो । अस्पतालले थप चिकित्सक आवाससमेत निर्माण गर्न थालिरहेको गौतमले जानकारी दिनुभयो ।

अस्पतालमा चिकित्सक नबस्ने परिपाटी चलिरहेको अवस्थामा सुविधासम्पन्न आवास निर्माण भएसँगै सेवारत चिकित्सकहरु लामो समयसम्म यहाँ बस्ने अपेक्षा अस्पतालले लिएको छ ।

बैंकको शाखारहित सेवा

बागलुङ काठेखोला गाउँपालिका–७ रेशमा माछापुच्छ«े बैंकले शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा बुधबारबाट सञ्चालन ल्याइएको माछापुच्छ«े बैंकले जनाएको छ । अहिले त्यहाँका स्थानीयवासीलाई बैंकिङ कारोवार गर्न जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको छ ।

स्थानीय तहको निर्वाचनपछि बैंक गाउँ ल्याउन थालिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताउनुभयो । पटक–पटकको पहल र संयोजनमा शाखारहित बैंकिङ सेवा प्रदान गर्न सफल भएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित शाखारहित सेवाबाट खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी एवं कर्जा आवेदन दिने व्यवस्थासमेत उपलब्ध हुने बैंकका शाखा प्रमुख विनोद त्रिपाठीले बताउनुभयो । -रासस

प्रतिक्रिया दिनुहोस
Advertisement