२ करोड ७६ लाख ठगेकाे आरोपमा अधिवक्ता तथा प्राध्यापक डा गोपाल शिवकोटी पक्राउ


काठमाडौं । अमेरिकाबाट कानुनमा पिएचडी गरेका पृथ्वीनारायण (पिएन) क्याम्पस पोखराका सहप्रध्यापक डा गोपाल शिवकोटी ठगीको आरोपमा पक्राउ परेका छन । ‘मञ्जुश्री एजुकेसन एकेडेमी प्रालिको नाममा कानुन विश्वविद्यालय खोल्ने भन्दै ठगी गरेको उनीमाथि आरोप छ । शिवकोटीले विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेको न्युज२४नेपालले समाचार लेखेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार कीर्तिपुरबाट उनलाई पक्राउ गरेको हो । शिवाकोटी लगायतका व्यक्तिले कानुन विश्वविद्यालय खोल्ने भन्दै ६० जना भन्दा बढी व्यक्तिलाई ठगी गरेर २ करोड ७६ लाख रुपैयाँ जम्मा गरेको आरोपमा पक्राउमा परेका हुन् । सोही आरोपमा नुवाकोटका बद्रिकुमार थापालाई पनि बाँनियाटार पक्राउ गरेको खबर छ । शिवाकोटीले नेपाल ल क्याम्पसमा पनि प्रध्यापन गराएका थिए ।

सिवाकोटीले गोर्खा भूतपूर्व सैनिक संगठन गेसोको पक्षमा बेलायत गएर वकालत समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement