यी युवती न कुनै हिरोइन हुन् न कुनै मोडल, सामान्य युवती भइन् रातारात सेलिब्रेटी ! (तस्बिरसहित)


काठमाडौं, १ फागुन । सामाजिक संजालले गुमनाम मानिसहरुलाई पनि एकै रातमा चर्चित बनाइदिन्छ । केही समयअघि नेपालकी एक युवती एउटा फोटोका कारण निकै भाइरल भएकी थिइन् । यस्तै अहिले अर्की एक युवती सामाजिक संजालमा भाइरल भएकी छिन् ।

दिल्लीकी केतिका शर्मा नाम गरेकी यी युवती न कुनै हिरोइन हुन् न कुनै मोडल । उनी सामान्य युवती हुन् । तर उनको सुन्दरताको जादू सामाजिक संजालमा यसरी चल्यो जसले उनलाई रातारात भाइरल बनाइदियो ।

२४ डिसेम्बर १९९५ मा जन्मेकी केतिका पछिल्लो समय इन्स्टाग्राममा फलोअर संख्या एक्कासी बढेको छ । तस्बिर हेरेपछि उनलाई केही मोडलिङ एजेन्सीले पनि अफर गरेको बताइएको छ । यसरी सबैको निद चोर्ने केतिकाले इन्स्टाग्राममा पोस्ट गरेको फोटोहरु हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement