सालको पात पछि दोहोरीलाईनै चुनौती दिने बिष्णु माझीको आवाजमा आयो यस्तो गीत, बन्यो महँगो लगानीमा भिडियो


कमल सरगम । काठमाण्डौ। नेपाली लोक संगीतका होनहार सर्जक तथा गायक शिब हमालको अर्को उत्कृष्ट सृजना बजारमा आएको छ।पछिल्लो समय नेपाली लोक संगीतमा संख्यात्मक भन्दा गुणात्मकलाइ मध्यनजर राख्दै शिब हमालले अर्को उत्कृष्ट सृजाना दिएका छन।

शिब हमालको लय तथा शब्द सृजना रहेको उक्त गीतलाई आवाज मार्फत दर्शकको मन जित्न भने एता सन्दिप न्यौपाने अगाडी सरेका छन।बिष्णु माझी र सन्दिप न्यौपानेको सुमधुर आवाज रहेको उत्कृष्ट लोकदोहोरी गीत ‘लालुमाइ’बजारमा आएको छ।

एक मौलिक सृजना रहेको उक्त गीतमा नेपाली माटोको सुगन्दा संगै नेपाली मौलिकताको खडेरीलाइ चिर्दै मौलिक सस्कृतिको जगेर्ना गरेको देखिन्छ।महँगो लगानीमा तयार पारिएको उक्त गीतको भिडियो भर्खरै शिब हमालको अफिसियल च्यानल मार्फत सार्बजनिक भएको छ।

हजारौ गीतहरुको म्युजिक भिडियोमा उत्कृष्ट निर्देशन गरेर राम्रो अनुभब बटुलीसकेका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको उक्त गीतमा चर्चित नायिका सृष्टि खड्का र सन्दिप न्यौपानेको अभिनय रहेको छ।सन्दिप न्यौपानेको यो अर्को उत्कृष्ट एल्बम हो।भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन्।भिडियो सम्पादन भने बिष्णु शर्माको रहेको छ।यो बेला गीतको प्रसंशा जताततै रहेको देखिन्छ।कलाकार देखि दर्शक सम्मको प्रसंशाले भरिएको गितको म्युजिक भिडियो हेर्नुहोस अनि शेयर गर्नुहोस:

प्रतिक्रिया दिनुहोस
Advertisement