आज नायिका वर्षा राउत र संजोग कोइरालाको विवाह !


काठमाडौं, २ फागुन । नायिका वर्षा राउत र अभिनेता संजोग कोइराला आज विवाह बन्धनमा बाँधिदै छन् ।

उनीहरुले करिब पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भएका हुन् ।

भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसकै दिन दुवैले बिहे गर्न लागेका हुन् । लाजिम्पाटस्थित एक पार्टी प्यालेसमा वर्षा र संजोगको वैवाहिक कार्यक्रम हुने बताइएको छ ।

तीन दिनअघि मात्र दुवैले इन्गेजमेन्ट गरेका थिए । सिन्धुली घर भएकी वर्षा राउत ‘नाइँ नभन्नू ल २’ चलचित्रबाट रजतपट प्रवेश गरेकी हुन् । उनी पछिल्लो समयकी चर्चित अभिनेत्री हुन् । वर्षा अभिनित अधिकांश चलचित्र सफल मानिएका छन् ।

२०७५ सालमा आफ्नो प्रेमलाई दाम्पत्य जीवनमा परिणत गर्ने वर्षा तेस्रो नायिका हुन् ।

यसअघि नायिका प्रियंका कार्की र आयुष्मान देशराज तथा नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement