आजको राशिफल – वि.सं.२०७५ साल फाल्गुन ०२ गते । बिहिबार । ईश्वी सन् २०१९ फेब्रुवरी १४ तारिख


वि.सं.२०७५ साल फाल्गुन ०२ गते । बिहिबार । ईश्वी सन् २०१९ फेब्रुवरी १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि नवमी,०७ घडी २६ पला,बिहान ०९ बजेर ४३ मिनेट उप्रान्त दशमी । करण कौलव,बिहान ०९ बजेर ४३ मिनेट उप्रान्त तैतिल,बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त गर ।नक्षत्र रोहिणी,२६ घडी ५६ पला,बेलुकी ०५ बजेर ३१ मिनेट उप्रान्त मृगशिरा । योग वैधृति,४९ घडि ०४ पला,रातको २ बजेर २२ मिनेट उप्रान्त विष्कुम्भ । आनन्दादिमा उत्पात योग । चन्द्रराशि बृष । द्रोण नवमी। बैतडी गुजरमा बनारसी पूजा। काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५३ मिनेट । दिनमान २७ घडी ५१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समय राम्रो रहेकोले सानो प्रयासले महत्वपुर्ण उपलब्धि हासिल हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिमा अवसर आउँनेछन् । खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ । माया प्रेममा देखिएका तित्तताहरुलार्ई चिर्दै बिश्वासबो बाताबरण सिर्जना गर्न सकिनेछ । अध्ययनमा उल्लेख्य सुधार हुने तथा नतिजामो नजिक पुग्न सकिनेछ । आफन्त तथा कुटुम्बबाट तपाईले थालनि गरेको काममा सहयोग गर्नेछन् । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन तथा अध्यापनमा मन नजादा हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि उत्साहित हुँदा चाहेजस्तो उपलब्धि हासिल नहुँन सक्छ । बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिदेशमा सञ्चालित निकाए तथा सस्थाहरुमा काम पाउँने तथा पदोन्नती हुँने प्रशस्त सम्भावना रहेकोछ । लामो दुरिको उपलब्धिमुलक मनोरञ्जनात्मक तथा व्यावसायिक यात्रा हुनेछ । बिदेशमा बसेर समय तथा रुपैया पैसा लगानि गर्नेहरुले प्रशस्त आम्दानि गर्ने योग रहेकोछ । आफ्ना साथिभाई तथा अग्रजका सहि सुझाबले एक दुई कदम अगाडि बढि प्रगति पथमा लम्कन सकिनेछ । प्रेम प्रशङमा एक अर्काबिच कुरा बाजिय पनि अन्तत एक अर्काको भावना बुझेरै अगाडि बढ्न सकिनेछ । बाहिरी बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुँने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ भने सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच अनाबस्यक बिषयमा बिवाद सिर्जना हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरु बाट आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुँने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शिक्षित तथा बौद्धिक ब्याक्तित्वहरु सँग सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनिको माध्याम बाट काम बन्नेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । माया प्रेममा सामिप्यता बढेर जानुका साथै भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । संकट ब्याबस्थापनका लागि चालिएका कदमबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा राय बाजिनेछ । आए आर्जनका बाटाहरु साघुरा हुनेछन् भने व्यापार व्यावसायमा मन्दि आउनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । बिलाशि तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । आफन्त तथा आगन्तुकहरुको अलमलमा परिने हुदा कामहरु थाति रहनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नजाने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरुसँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय पात्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आत्मबल मजभुत हुँने हुँदा जस्तो सुकै चुनौतिको सामना गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । आमा वा आमा सरहका मानिसबाट भनेजस्तो समर्थन पाईन हुँनादे अग्रगामि छलाङ मार्न सकिनेछ । अध्ययन अध्यापनमा राम्रो स्थान प्राप्त हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमाला लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने घर जग्गाको कारोबार फस्टाएर जानेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दाजुभाई तथा छिमेकि सँग घरायसि कुरामा सामान्य बिवाद बढ्नेछ । व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ ।

तपाईको दिन शुभ रहोस् । तारानाथ भण्डारी ।

प्रतिक्रिया दिनुहोस
Advertisement