प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै


काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा बिहिबार सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनुसार ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । सम्बोधनका क्रममा विगत १ बर्षमा भएका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement