‘जनयुद्ध परिवर्तनका लागि’


नुवाकोट, १ फागुन । यहाँ जनआन्दोलन र ‘जनयुद्ध’का शहीदप्रति स्मरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले विदुरस्थित बान्द्रेमा रहेको शहीद प्रतिष्ठानको भवनमा आयोजना गरेको ‘महान् जनयुद्ध तथा जनआन्दोलनको स्मरण एवं शहीदहरुको सम्मानमा आयोजित श्रद्धाञ्जलि’ कार्यक्रममा जिल्लाका विभिन्न नेताले जनयुद्धमा शहीदको बलिदानीको कारण अहिले राजनैतिक परिवर्तन आएको बताए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य विमला सुवेदीले ‘गरीब, मजदुर र पीडामा परेका नागरिककोे अधिकारका लागि शुरु गरिएको जनयुद्ध’ परिवर्तनका लागि भएको बताउनुभयो । प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद खतिवडाले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहको सरकार पार्टीको अवधारणानुसार शहीदले दिएको बलिदानको मूल्याङ्कन गर्दै अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनाली, केशवराज पाण्डे, हीरानाथ खतिवडालगायतले नेकपाका कार्यकर्ता र नेता एक ढिक्का भएर देशको समृद्धि र विकासका लागि एउटै उद्देश्य लिएर अघि बढ्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement