प्रसुती गराउने क्रममा नर्सले नवजात शिशुलाई जोडले तान्दा शिशु भयो दुई टुक्रा !


जयपुर, १ फागुन । अस्पतालमा गर्भवती महिलालाई प्रसुती गराउने क्रममा कम्पाण्डरले नवजात शिशुलाई जोडले तान्दा शिशु दुई टुक्रा भएको खबर सार्बजनिक भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार यस अस्पतालमा प्रसुतीका क्रममा महिलाले जोडले आवाज निकाल्दा नर्स र डाक्टरले अपशब्द प्रयोग गरेर गाली गर्ने गरेको खुलेको छ ।

यति मात्रै होइन प्रश्रव वेदनाले चिच्याएका महिलालाई चुप गराउन नर्सले उनीहरुको कपाल भुल्याउने देखि थप्पडसम्म हान्ने गरेको भारतीय संचारमाध्यम दैनिक भास्करले जनाएको छ ।

दैनिक भास्करले २८ वटा अस्पतालमा जाँच गर्दा धेरै जसो अस्पतालमा प्रश्रव वेदनाले छटपटाएका महिलामाथि दुव्र्यवहार हुने गरेको तथ्य फेला परेको छ ।

२४ जनवरी, समय रातिको ११ बजे । स्थान महाराणा भूपाल अस्पताल जयपुरमा यस्तो दृश्य देखियो ।

प्रश्रव वेदनामा रहेकी महिलालाई व्यथाले च्याप्छ । उनी अचानक चिच्याउन थाल्छिन् । गर्भवती महिला चिच्याएको सुनेपछि नर्सले आफूलाई धेरै रिस उठाए थप्पड हान्ने धम्की दिन्छिन् । वेदनमा रहेकी महिला डरले आफ्नो दुई हातले मुख बन्द गर्छिन् ।

उनका आँखाबाट आँशु रोकिँदैनन् । नर्सले अन्य स्टापलाई ती महिलालाई तत्काल उपचार नगर्न भन्छिन् । उनले राति १२ बच्चे बच्चा जन्माउँछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement