सहभागिता निश्चित


काठमाडौँ, १ फागुन । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैरआवासीय नेपाली सङ्घका ९एनआरएनए० खेलाडीको सहभागिता निश्चित भएको छ ।

सोसम्बन्धी सम्झौतापत्रमा राष्ट्रिय खेलकूद परिषद् ९राखेप० का सदस्य सचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एनआरएनएको आधिकारिक प्रतिनिधिको सिफारिशमा मात्र एनआरएन खेलाडीले आठौँ राष्ट्रिय खेलकूदमा सहभागिता जनाउन पाउने सम्झौतामा उल्लेख भएको राखेपले जनाएको छ ।

सुविधाको हकमा नेपालमा रहँदा प्रतियोगिता अवधिभर अन्य खेलाडीलाई दिने सुविधा एनआरएनका खेलाडीलाई उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । सम्बन्धित देशबाट आउने जाने खर्च राखेपले व्यहोर्ने छैन ।वृहत राष्ट्रिय खेलकूदको इतिहासमा एनआरएनका खेलाडी पहिलो पटक सहभागी हुन लागेको हो । उनीहरुले खेलाडीले व्यक्तिगत स्पर्धामा मात्र सहभागिता जनाउन पाउने छन् । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement