नेपाली बजारमा आयो हुन्डाइको ‘अल न्यु स्यान्ट्रो’ : विहीबार लन्च गरिंदै, मूल्य र फिचरबारे जान्नुहोस्


काठमाडौं, १ फागुन । हुन्डाइको अल न्यु स्यान्ट्रो नेपाली बजारमा विहीबार सार्वजनिक गरिने भएको छ ।

हुन्डाइ गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले अल न्यु स्यान्ट्रो सार्वजनिक गर्न लागेको हो ।

गाडी सार्वजनिकपछि बुकिङका लागि आब्हान गरेको कम्पनीले जनाएको छ । अल न्यु स्यान्ट्रोको सुरुवाति मुल्य २४ लाख रुपैयाँभन्दा माथि रहने अनुमान गरिएपनि मुल्य भने सार्वजनिक गरिएको छैन ।

कुनै बेलामा निकै नै चर्चित रहेको ब्रान्ड स्यान्ट्रो यो वर्ष पुनः लन्च गर्न लागिएको हो । नयाँ स्यान्ट्रोको पछिल्लो भागमा एसी भेन्ट्स दिइएको छ ।

१.१ लिटर पेट्रोल इन्जिनयुक्त नयाँ स्यान्ट्रो म्यानुअलका साथै स्मार्ट अटोमेटिक गियरबक्सका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ । इरा, म्याग्ना, स्पोर्टेज, स्पोर्टेज र आस्टा गरी ५ भेरिएन्टमा कार उपलब्ध छ ।

स्यान्ट्रोमा दुइवटा एयरब्याग छ। स्टेयरिङ माउन्ट अडियो कन्ट्रोल सिस्टम गाडीमा जडान गरिएको छ । टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम राखिएको गाडीमा एन्ड्रोइड अटो र एप्पलकार प्ले सपोर्ट गर्छ ।

११ सय सीसी इन्जिन क्षमताको भएको यो कार पेट्रोल इन्जिनमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement