तपाईंलाई थाहा छ ? फेसबुक, युट्युव र गुगलले बार्षिक कति कमाउँछन् ? (पुरा पढ्नुहोस्)


काठमाडौ,१ फागुन । पछिल्लो समय प्रविधिको बिकाससँगै विभिन्न साइटहरुले मानिसको जीवनमा प्रत्यक्ष असर पारिरहेका छन् । यी साइटहरुले मानिसको दैनिकीलाई सहज बनाउनुका साथै एक्लोपनलाई पनि दुर भगाएका छन् । फेसबुक, युट्युव र गुगल विनाको दैनिकी प्राय सोच्न असम्भव छ । किनभने सानो काम देखि लिएर सरकारको माथिल्लो तहसम्मको कामको लागी गूगल पहिलो नम्बरमा पर्दछ । त्यस्तै युट्युव पनि विभिन्न तत्काल घटेका घटनाहरु र अन्य जानकारीको लागी अपरिहार्य नै बनेको छ । फेसबुक त कुरै गर्नु पदैन् । अहिलको युवायुवतीको २४ घण्टा काम गर्ने ठाँउ भनेको नै फेसबुक हो । तर कसैले पनि सोच्न भ्याएको छैन कि हामीले प्रयोग गरेको यी साइटहरुले कति पैसा कमाउछन् ? आउनुस् यसबारेमा जानकारी लिउँ ।

गुगल

विश्वमा सबैभन्दा बढी हेरिने वेवसाइट गुगल हो । त्यसैले यसलाई कमाइको हिसाबले पहिलो नम्बरमा राखिएको छ । गुगलका नियमित प्रयोगकर्ता प्रति महिना ९० करोड भन्दा बढी छन् । गुगलले एक सेकेण्डमा करिब ५५ हजार नेपाली रुपैयाँ कमाउँछ । यो साइटको आम्दानीको करिब ९७ प्रतिशत विज्ञापनमा नै निर्भर रहन्छ ।

फेसबुक

सबैभन्दा बढी हेरिने साईटमध्ये फेसबुक दोस्रो नम्बरमा पर्दछ । यसको करिब ७० करोड मासिक प्रयोगकर्ता रहेका छन् । फेसबुकको प्रति सेकेण्ड आम्दानी करिब २२ सय नेपाली रुपैयाँ रहेको छ । यसको आम्दानीको श्रोत भनेको विज्ञापन नै हो ।

याहु

सबैभन्दा धेरै हेरिने तेस्रो साईटमा याहु पर्दछ । यसको मासिक प्रयोगकर्ताहरु लगभग ५० करोड रहेका छन् । याहुको प्रतिसेकण्ड आम्दानी करिब १५ हजार नेपाली रुपैयाँ रहेको छ । न्युज, मेल, म्याप, मुभिज लगायतका सेवा रहेको याहुको पनि आम्दानीको मुख्य श्रोत विज्ञापन नै हो ।

युट्युव

सबैभन्दा बढी हेरिने साइटमा युट्युव चौथो नम्बरमा पर्छ । यसको मानिस प्रयोगकर्ताहरु करिब ४५ करोड रहेका छन् । यसको प्रतिसेकण्डको आम्दानी करिब ११ सय रुपैयाँ छ । यसको पनि आम्दानीको मुख्य श्रोत भनेको बिज्ञापन नै हो ।

अमेजन

माथि दिइएको ४ वटै साईटको तुलनामा थोरै प्रयोगकर्ता भएपनि सबैभन्दा धेरै कमाउने साईट अमाजन हो । यसको करिब ३२ करोड ५० लाख मासिक प्रयोगकर्ता रहेका छन् । अमाजनले प्रतिसकेण्डमा करिब ५७ हजार नेपाली रुपैयाँ कमाउछ । अमाजनले इन्टरनेट मार्फत किताव तथा विभिन्न सामानहरुको विक्री गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement