तपाइको भाग्य कस्तो रहला, आजको राशिफल – वि.सं.२०७५ साल फाल्गुन ०१ गते । बुधबार । ईश्वी सन् २०१९ फेब्रुवरी १३ तारिख


वि.सं.२०७५ साल फाल्गुन ०१ गते । बुधबार । ईश्वी सन् २०१९ फेब्रुवरी १३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि अष्टमी,०९ घडी ४१ पला,बिहान १० बजेर ३८ मिनेट उप्रान्त नवमी । करण वव,बिहान १० बजेर ३८ मिनेट उप्रान्त वालव,बेलुकी १० बजेर १४ मिनेट उप्रान्त कौलव ।नक्षत्र कृतिका,२७ घडी ५५ पला,बेलुकी ०५ बजेर ५६ मिनेट उप्रान्त रोहिणी । योग ऐन्द्र,५४ घडि ३२ पला । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि बृष । भीष्माष्टमी व्रत । फाल्गुण संक्रान्ति । बुधाष्टमी व्रत । गोरखकाली पूजा ।काठमाडौंमा सूर्योदय ०६ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । दिनमान २७ घडी ४७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पारिवारिक माहोलमा जमघट भई रमाईलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि हुने तथा मनग्गे नाँफा कमाउँन सकिनेछ । आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । बिगतमा गरिएको मेहनेतको फल पाईने तथा बौद्धिकताको प्रयोग गरि समाजमा नाम कमाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा बोलेरै थेरै काम गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नियमित आय आर्जन हुने काममा समय लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

संकट ब्याबस्थापनका लागी चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने प्रतिश्पर्धिहरु हार खानेछन् । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन । व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउने छन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अनावस्यक ठाउँमा खर्च बढ्ने तथा उपलब्धि बिहिन काममा समय बित्नेछ । अल्छि गर्नाले पढाई लेखाई प्रभावित हुँने तथा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक विवाद हुँन सक्छ । आर्थिक व्यावस्थापनमा मुद्दाहरु थाति रहनेछन् भने आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको बिकाश हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ । बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक शुख सुबिधा एबम् सत्कार मिल्ने समय रहेको छ । समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ । आर्थिक क्षेत्र सबल बनाउँन गरिने लगानिबाट राम्रो प्रतिफल पाईने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । पारिवारिक जमघट तथा सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । बिद्यामा तथा प्रतिश्पर्धामा तपाईकै जित निश्चित छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा अबिस्वास बढ्ने तथा बिपरित लिङगदेखि टाडै रहनुहोला । पढाई लेखाईमा खर्चिएको समय कम हुँने हुँनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ । कार्यक्षेत्रमा थोरै समय लगानि गर्दा पनि उत्कृष्ट नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यावसायमा लगानि गर्नु अघि समयको गहन अध्ययन गरेर मात्र काम सुरु गर्नुहोला समय मध्ययम रहेकोलेछ । बिशिष्ट योजना कार्यान्वयनमा आफ्नै भन्नेहरुले असहयोग गर्नेछन् । आफन्त तथा आमासँग बिवाद हुने ग्रहयोग रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमा भने सन्तोष जनक आम्दानि हुनेछ । साझपखको समय राम्रो रहेकोले पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । चल अचल सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ भने प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् । तारानाथ भण्डारी ।

प्रतिक्रिया दिनुहोस
Advertisement