नेपाली युवा स्टार सन्दिपलाई भ्याई नभ्याई : बिबीएल खेलिरहेका सन्दीपले भोलिदेखि सुरु हुने पाकिस्तान सुपर लिगको तीन खेल गुमाउँदै !


काठमाडौं, १ फागुन । नेपाली गुगली ब्वाई सन्दिप लामिछानेले पाकिस्तान सुपर लिगमा तीन खेल गुमाउने सम्भावना बढेको छ ।

अष्ट्रेलियामा बिग ब्यास खेलिरहेका सन्दीपले फागुन २ गतेदेखि सुरू हुने पीएसएलको उद्घाटन खेल त गुमाउने पक्का भइसकेको छ । यस बाहेक अन्य दुई खेल पनि गुमाउने सम्भावना बढेको छ ।

सन्दीपको टिम सिड्नी सिक्सर्स फाइनलमा पुगेमा अरू दुई खेल गुमाउने निश्चित हुने छ । मेलबर्न स्टार्सले बिहिबार हुने सेमिफाइनलमा होबर्ट हुरिक्यान्ससँग खेल्नेछ ।

यदि सन्दीपको टोलीले होबर्टलाई हराउँदै फाइनल पुगेमा आउँदो फेब्रुअरी १७ तारिखमा हुने फाइनल पछि मात्र उनी युएई जानेछन् । त्यो बेलासम्म उनको टिम क्वालन्दर्सले ३ खेल खेलिसकेको हुनेछ ।

लाहोर क्वालान्दर्सले विदेशी खेलाडीको गोल्ड श्रेणीमा रहेका सन्दीपलाई अनुबन्ध गरेको थियो । त्यो श्रेणीमा रहेका खेलाडीको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement