टाटासुमोले ठक्कर दिँदा क्याम्पस जाँदै गरेका दुई विद्यार्थी घाइते, बिद्यार्थीद्वारा वीपी राजमार्ग अवरुद्ध !


सिन्धुली, १ फागुन । सिन्धुली बहुमुखी क्याम्पसका दुई छात्रालाई टाटासुमाले ठक्कर दिंदा उनीहरु घाइते भएका छन् ।

जिल्लाको कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा क्याम्पस जाँदै गरेका रोजिना कार्की र मनिता थापा घाइते भएका हुन् ।

ठक्कर दिएर टाटासुमो फरार भएपछि विपी राजमार्गअन्तर्गत सिन्धुली सडकखण्डमा क्याम्पसका विद्यार्थीहरुले सवारी आवागमन ठप्प पारेका छन् ।

घाइतेमध्ये रोजिनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ उनको अवस्था गम्भीर रहेको र मनिताको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

दोषीलाई कारवाही र विद्यार्थीको उपचारको माग गर्दै विद्यार्थीले सडकमा उत्रिएर राजमार्ग अबरुद्ध पारेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विद्यार्थीलाई ठक्कर दिएर फरार रहेको बा३च ६७५१ नंको सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीमाढीबाट काठमाडौँतर्फ जाँदै गर्दा सुमो र सुमो चालकलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement