पिएसजीले युनाइटेडलाई उसकै मैदानमा धुलो चटायो, डी मारियाको क्रसमा एम्बाप्पेको शानदार गोल !


काठमाडौं, १ फागुन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको छ ।

लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति पिएसजीका प्रेस्नेल किम्पेम्बे र किलियन एमबाप्पेले गोल गर्दै युनाइटेडलाई हराएका हुन् ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । चोटका कारण युनाइटेडले दोस्रो हाफ सुरु हुँदा २ खेलाडी परिवर्तन गरिसकेको थियो । जेसी लिङ्गार्ड र एन्थोनी मार्सियलको स्थानमा एलेक्सिस सान्चेज र जुआन माटा मैदान प्रवेश गरेका थिए ।

खेलको ५३ औं मिनेटमा एन्जल डि मारियाको कर्नरमा प्रेस्नेल किम्पेम्बेले हेडरमार्फत गोल गरे । ६० औं मिनेटमा डि मारियाकै क्रसमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको अन्तिम समयमा युनाइटेड १० खेलाडीमा सिमित हुन पुग्यो । दोहोरो पहेंलो कार्ड पाएपछि पोग्बा मैदान छाड्न बाध्य भए । उनले अब दोस्रो लेगको खेल पनि गुमाउनेछन् ।

प्रशिक्षक ओले गुुनर सोल्सजरले कार्यवाहकका रुपमा युनाइटेडमा आएपछि पहिलो हार बेहोरेका छन् । दोस्रो लेग मार्चको पहिलो सातामा पीएसजीको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement