१५ वर्षीय गर्लफ्रेण्डको बिषयमा बिबाद भएपछी छुरीले आफ्नै साथीको घाटी सेरी निर्मम हत्या, सिसिटिभीमै यसरी कैद भयो घटना (सिसीटिभी भिडियो सहीत)


पोखरा । गएराती पोखराको लेकसाइडमा १४ बर्षका सचिन सिंजालीको घाटी रेटेर निर्मम हत्या भयो । घटना घटेको २४ घण्टा बित्न नपाउदै प्रहरीले हत्याका अभियुक्त कुमार गर्बुजा लाई पक्राउ गर्न सफल भयो । कुमार र सचिन साथीहरु थिए । हिजो दुबैले रक्सी पिएका थिए । उनीहरु संगै एक १५ बर्षिय बालिका डल्लीले पनि रक्सी पिएकी थिइन । डल्ली आफ्नो गर्लफ्रेण्ड भएको कुमारले प्रहरी बयानमा बताएका छन ।

तर राती सचिनले डल्ली संग बिबाह गर्ने कुरा गरे । कुमार रिसाए । बिबाद हुदै जादा सचिनले चक्कु निकालेर कुमारको खुटामा हाने । कुमारले उल्टो चक्कु खोसेर सचिनको घाटी रेटिदिए । घटनास्थल लाई सिसिटिभीले क्याप्चर समेत गरेको छ । गण्डकी टेलिभिजनले घटनाको सम्पुर्ण नालिबेली सहितको सिसिटिभी भिडियो, प्रहरीको भनाई र हत्याका अभियुक्त कुमार गर्बुजा लाई सार्वजनिक गरेको छ । कृपया तलको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement