यी नेपालकी चेली जस्को तस्विर ५३ देशका २ हजार महिलाहरुमध्ये सर्वोकृष्ठ (तस्विर सहित)


एजेन्सी । प्रसिद्ध रोमानियन फोटोग्राफर मिखएला नोरोक लिएका विश्वका ५३ देशका २००० महिलाहरुको तस्बिर मध्य काठमाडौंकी होलीको रङगमा रङिएकी यी युवतीको तस्बिर सर्वोकृष्ठ भएको छ ।

उनले यी सबै महिलाहरुको तस्विर समेटिएको एक पुस्तक प्रकाशित गरेकि छिन् । केही तस्विरहरु उनको वेवसाइटमा समेत हेर्न सकिन्छ । तपाइले यहाँबाट उक्त वेवसाट हेर्न सक्नुहुन्छ ।

फोटो पत्रकार मिखएलाको अफिसियल साइटमा राखिएको जानकारी अनुसार यी युवतीको नाम सोना हो र उनले सन् २०१७ को होलीमा काठमाडौंमा यी युवतीको तस्विर लिएकी हुन् ।

यी युवतीको बारेमा अहिले धेरै जानकारी प्राप्त भैसकेको छैन । आशा छ छिट्टै नै यी युवतीको बारेमा थप जानकारी आउनेछ ।

त्यस्तै अर्की एक नेपाली महिलाको पनि तस्विर यसमा समावेश गरिएको छ । जुन महिलाको नाम स्वंय फोटो पत्रकारलाइ समेत थाहा छैन । उनी भन्छन् : ‘यी महिला आफ्नो छोरासँग काठमाडौंको कुनै गल्लीमा पैदल यात्रा गरिरहेकी थिइन् ।

फोटोग्राफरले अंग्रेजीमा म तपाइको तस्विर खिच्न सक्छु भन्दै अनुमति माग्दा उनी अक्क न बक्क बनिन् । उनीसँग भएको सानो छोराले अंग्रेजीमै सोध्यो किन मेरो ममीको तस्विर लिने । फोटोग्राफर मिखएला भनिन् तिम्रो ममि असाध्यै सुन्दर हुनुहुन्छ त्यसैले । उक्त कुरा सुनेपछि छोरा गर्वका साथ आमालाइ हेर्दै भन्यो । हुन्छ ।

श्रोत

प्रतिक्रिया दिनुहोस
Advertisement