युएईका लागि नेपाली राजदूत बने कृष्णप्रसाद ढकाल


काठमाडौँ, १ फागुन । संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपालको आवसीय राजदूत पदमा कृष्णप्रसाद ढकाललाई नियुक्ति गरिएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफरिशमा ढकाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले आवासीय राजदूत पदमा नियुक्त गरेको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा ढकाललाई राजदूत पदमा नियुक्त गरेको जनाइएको छ ।

विज्ञप्ती

२९ माघ २०७५, मंगलवार १७:२७

आज मिति २०७५ साल माघ २९ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री कृष्णप्रसाद ढकाललाई संयुक्त अरब ईमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

(छविन्द्र पराजुली)

प्रवक्ता

प्रतिक्रिया दिनुहोस
Advertisement