संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवसीय राजदूत ढकाल नियुक्त


काठमाडौँ, २९ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्णप्रसाद ढकाललाई आज संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवसीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफरिशमा ढकाललाई आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement