गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी धुर्मुस सुन्तलीले मलेसिया टुरबाट संकलन गरे यति धेरै रकम, सिताराम कट्टेल धुर्मुसले गरे सार्बजनिक


काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा भरतपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग रकम जुटाउन मलेसिया पुगेका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिर सुन्तलीले त्यहाबाट ३५ लाख ७१ हजार रुपैया पाएको घोषणा गरेका छन।

सिताराम कट्टेल आफैले सामाजिक संजालबाट संकलन रकमको घोषणा गरेका हुन् । ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ नाम दिएर मलेसियाको विभिन्न तिन सहरमा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमबाट नेपाली २० लाख ७१ हजार  र आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु. १५ लाख गरि जम्मा ३५ लाख ७१ हजार सहयोग रकम उठेको हो ।

हिसाब किताव पारदर्शी राख्ने उदेश्यले सिताराम कट्टेल द्वारा आफ्नो फेसबुकबाट सहयोग रकम यसरी सार्बजनिक गरेका छन :

सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएको थियो । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएबमोजिम मलेसियाका तिन वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्यो भन्दा बढी स्वः स्पूर्त तिनवटै कार्यक्रममा रङ्गशाला निर्माण अभियानलाई आफुले सकेको सहयोग पनि खुलेर गर्नुभयो ।

कार्यक्रम स्थलबाट हामीलाई नेपाली २० लाख ७१ हजार रङ्गशाला अभियानलाई सहयोग प्राप्त भएको छ भने आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु. १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणलाई सहयोग प्राप्त भएको छ ।

मलेसियामा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हामी निकै धेरै हर्षित भएका छौं । त्यहाँ रहनुभएका व्यवसायी, समाजसेवी एवम् कम्पनीमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुले पुनः यस अभियानलाई सहयोग गर्न मलेसियाको फेरी भ्रमणका लागि दिनुभएको निम्तोले झनै बढी हर्षित भएका छौं । आगामी दिनमा अझै धेरै सहयोग प्राप्त हुने कुरामा आशावादी छौं ।

स्वदेशबाट बिदेशबाट हरेक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले दिनुभएको आर्शिवादले निकै ठुलो आँट, हिम्मत र हौसला मिलेको छ । सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सकारात्मक ढंगले यो अभियानमा यसरीनै सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछौं । साथै मलेसियाको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई धेरै धेरै धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।

‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

प्रतिक्रिया दिनुहोस
Advertisement