सुपरस्टार अनमोल केसी विश्व विख्यात पेयपदार्थ स्प्राईटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डरमा नियुक्त, कति पाए पारिश्रमिक ?


काठमाडौं, २९ माघ । मल्टिनेसनल कम्पनि कोकाकोला अन्तर्गतको पेय पदार्थ ब्राण्ड स्प्राइटले अभिनेता अनमोल के.सीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । यो कदम नेपाली कलाकारहरुलाई प्रवद्र्घन गर्ने विश्वव्यापी पेय पदार्थको प्रतिबद्घता हो । आकर्षक र प्रभावसाली लुक र व्यक्तित्वका धनी नेपाली कलाकार अनमोलले स्प्राइटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्नेछन् ।

कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “स्प्राईटले विश्वव्यापी रुपमा प्यासनेट यूवाहरुसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, त्यो हाम्रो ब्राण्ड स्प्राइटसँग पूर्ण रुपमा मिल्छ । हामी देशको मुटुको धड्कन बनेका अनमोलसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौँ ।

स्प्राइटका नवनियूक्त ब्राण्ड एम्बेस्डर अनमोल के.सीले आफ्नो अनुभव सुनाउदै भने, “ म स्प्राईटको हिस्सा बन्न पाउँदा निकै उत्साहित छु । यस अवसर प्रदान गरिदिनु भएकोमा कोका–कोला नेपाललाई म हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छु ।”

ब्राण्ड एम्बेस्डर बने बापत अभिनेता अनमोल केसीले कति रुपैया पारिश्रमिक पाए भन्ने सार्बजनिक नगरे पनि निक्कै मोटो रकम कम्पनिले अफर गरेको स्रोतको दावी छ । यस अघि अनमोल केसी इटालियन बाइक बेनेलीको लागि पहिलो नेपाल ब्राण्ड एम्बासडर नियुक्त भएका थिए । यो बाइकको प्रमोशन गरेवापत नेपालका सुपरस्टारले १० लाख पारिश्रमिक लिएको वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement