मोटरसाइकल दुर्घटनामा पारसको मृत्यु !


काठमाडौं, २९ माघ । काठमाडौं को मैंजुबहालमा मंगलबार बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा अनियन्त्रित भइ मोटरसाइकल पल्टंदा चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा मैंजुबहालका स्थानीय २४ वर्षीय पारस थपलिया रहेका छन् ।

बा.६८प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement