आइएमईका सिइओ सुमन पोखरेलले पाए बर्षको उत्कृष्ट म्यानेजर अवार्ड !


काठमाडौं, २९ माघ । वर्षको उत्कृष्ट म्यानेजर अवार्ड आइएमर्इका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पाएका छन् ।

नेपाल व्यवस्थापन संघले वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलता, परिणामका आधारबाट उक्त अवार्ड पोखरेललाई प्रदान गरेको हो ।

अवार्ड ग्रहण गर्दै पोखरेलले अवार्डले आफूलाई काम गर्ने उत्प्रेरणा थपिएको र यो सम्मान समग्र युवा व्यवस्थापकका लागि पनि उत्प्रेरक भएको बताए ।

प्रत्येक वर्ष सरकारी तथा गैरसरकारी क्षेत्रका व्यवस्थापकलाई सम्मान गर्दै आएको संघले होटल द्वारिकाजकी अध्यक्ष अम्बिका श्रेष्ठलाई पनि सम्मान गरेको छ ।

त्यस्तै संघले सरकारी सेवातर्फको उत्कृष्ट अवार्ड अर्थसचिव डा राजन खनाललाई दिएको छ ।

राजधानीमा जारी संघको ३८ औं साधारणसभामा प्रधान मन्त्री केपी शर्मा ओलीले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement