मन्त्री कान्ती देवले महिला मन्त्रीको कम्मरमा हात पुर्याएपछि…! (भिडियो सहित)


एजेन्सी, २९ माघ । यति बेला भारतीय सामाजिक संजालमा एक भिडियो तिब्र रुपमा भाइरल भैरहेको छ। जहाँ एक जना मन्त्रीले आफ्नै साथी तथा महिला मन्त्रीको कम्मरमा हात पुर्याएको भिडियो भाइरल भएको हो ।

त्रिपुुरा राज्यका मनोज कान्ती देवले उनकी सहकर्मी सामाजिक सुरक्षा तथा शिक्षा मन्त्री सन्तना चकमाको कम्मरमा हात पुराएको भिडियोमा देख्न सकिन्छ । यस्तो भिडियो बाहिरीएसँगै सामाजिक संजालमा उनको व्यापक आलोचना भैरहेको छ । यस्तो हर्कत गर्ने मन्त्रीको विपक्षीले आलोचना गर्दै कारबाहीको माग समेत गरेका छन् ।

भारतीय संचार माध्यमहरुका अनुसार घटना शनिबारको रहेको छ । त्रिपुरा पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि खाद्य, युवा सरोकार मन्त्री कान्ती देव लगायत अन्य स्टेजमा उपस्थित थिए । स्टेजमै उनले सहकर्मी मन्त्री सन्तनाको कम्मरमा हात पुर्याएका हुन् ।

भारतीय जनता पार्टीबाट मन्त्री रहेका मनोज कान्ती देवलाई विपक्षी दलले कारवाहीको माग गरिरहेको भएता पनि भाजपाले भने यसलाई वेवास्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement