लिभिङ टुगेदरमा बसेका प्रेमीले नै सोनियाको हत्या गरेको सनसनीपूर्ण खुलासा !


सुनसरी, २९ माघ । सोमबार साँझ इटहरीमा हत्या गरिएकी भनिएकी महिलाको हत्या आफ्नै प्रेमीले गरेको खुलेको छ ।

एउटै कोठामा बस्दै आएका ३५ वर्षकी सोनिया राईको हत्या सोलुखुम्बुका ३६ वर्षीय प्रेमी लालबहादुर राईले हत्या गरेको खुलेको हो ।

अनुसन्धान गर्ने क्रममा दुई बीच प्रेम सम्बन्ध रहेको खुल्न आएको हो । प्रहरीका अनुसार दुवै जना लगभग ९ महिना देखि इटहरी उपमहानगरपालिका–४ माङहिङमा लिभिङ टुगेदरमा रहेका थिए ।

हत्या गरिएकी सोनियाका पति हाल वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा छन् । श्रीमान बाहिर रहेकै कारण सोनिया र लालबहादुर एउटै कोठामा बस्ने गरेका थिए ।

वैदेशिक रोजगारमा हुँदा देखिनै लालबहादुरको सोनियासँग प्रेम थियो । विदेशबाट लालबहादुर फर्केपछि यी दुई सँगै बस्न थालेका थिए ।

विदेश हुँदा देखि नै लालबहादुरले सोनियालाई पैसा पठाइदिने गरेको र लेनदेनको विषयमा विवाद हुँदा सोनियाको हत्या भएको प्रहरीले बताएको छ ।

यता पक्राउ परेका लालबहादुरले अपराध स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement