काठमाडौंदेखि सोलुखुम्बुसम्मको सलिनको यात्रामा यस्तो देखियो ! (भिडियोसहित)


काठमाडौँ, २९ माघ । चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ को टाइटल गीत सार्बजनिक गरिएको छ ।

सार्बजनिक गीतमा काठमान्डूबाट सुरु गरिएको यात्रा सोलुखुम्बुसम्म पुगेको देखाइएको छ ।

गीतमा धर्मेन्द्र सेवान , मेलिना राई , प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ ।

यस चलचित्रमा ‘ए मेरो हजुर २’ मार्फत डेब्यु गरेका राइजिङ स्टार सलिनमान बनियाको मुख्य अभिनय रहेको छ । डेब्यु फिलबाटै आफ्नो छुट्टै किसिमको फ्यान फ्लोअर्स बनाइसकेका सलिन यस फिल्म मार्फत निकै आशावादी रहेका छन् ।

भ्ल्गिस्टको भूमिकालाई उनले सक्दो न्याय गरेको बताउछन् । ‘मैले चाहेकै किसमको भूमिकालाई यसमा निर्वाह गरेको छु’ सलिन भन्छन् ‘फिल्मले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्धन त गर्छ नै दर्शकलाई पनि लोकेशनले आँखामा शितलता दिन्छ ।’

थुप्रै हिट फिल निर्देशन गरिसकेका सम्राट शाक्यले यस फिल्मको निर्देशन गरेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् ।

सलिनसंगै यस फिल्मा सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । साथै बालकलाकार अंकित संग्रौला र एन्जल राईको पनि अभिनय रहेको छ ।

फिल्म चैत्र अन्तिममा रिलिज गरिने छ । भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement