वीर अस्पतालमा क्यान्सरका बिरामीका लागि प्रयोग भइरहेको कोभाल्ट रेडियोथेरापी मेसिन क्यानडा पठाउन तयारी गरिंदै


काठमाडाै, २९ माघ‌ । वीर अस्पतालमा क्यान्सरका बिरामीको लागी प्रयोग भइरहेको अन्कोलोजी विभागमा रहेको कोभाल्ट रेडियोथेरापी मेसिन क्यानडा फिर्ता पठाउने तयारी गरिएको छ ।

तीन वर्ष पुरानो सो मेसिन बिग्रिएको र उपयोगविहीन भएका कारण क्यानडा पठाउन लागिएको हो ।

अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतका अनुसार सो मेसिनको सट्टा नयाँ टोमोथेरापी मेसिन जडान गर्न लागिएको छ । रेडियोथेरापी मेसिन नष्ट गर्ने उपाय र स्थान अभाव भएका कारण क्यानडाका उत्पादकलाई फिर्ता पठाउन लागिएको हो ।

सो मेसिनको विकिरणयुक्त पुर्जा लैजानको लागि क्यानडाबाट विशेष खालको कन्टेनर वीर अस्पताल आइसकेको छ । साथै मेसिनमा रहेको विकिरणयुक्त पुर्जा सुरक्षित रुपम निकाल्नको लागि प्राविधिक टोली पनि नेपाल आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement