यी हुन् विश्वमा सबैभन्दा धेरै बलत्कार हुने देश !


काठमाडौ, २८ माघ । पछिल्लो समय नेपालमा दिनहुँ जसो बलात्कारका घटनाहरु घटिरहेका छन् । तर हाम्रो नेपालभन्दा पनि अन्य त्यस्तो धेरै मुलुक छन्, जहाँ नेपालभन्दा सयौं गुणा बलात्कारका घटना घट्ने गर्दछन् । आज हामी तपाइँलाई विश्वमा सबैभन्दा धेरै बलात्कार हुने देशको बारेमा जानकारी दिने छौं ।

अमेरिका

विश्वको सबैभन्दा धेरै बलत्कार हुने देशमध्ये अमेरिका पनि एक हो । अमेरिका विश्वमा अन्य देशहरुका भन्दा धेरै विकशित र शक्तिशाली देश भएपनि त्यहा गरिएको एक सर्वेक्षण अनुसार ९ प्रतिशत पूरुषहरु बलात्कारको घटनामा सहभागी भएको पाइन्छ भने ९१ % महिलाहरु यसको शिकार हुने गरेकोे जनाएको छ ।

भारत

विश्वमा भारत पनि अत्याधिक बलत्कार हुने देशमा नै पर्दछ । किनभने हरेक वर्ष भारतमा हजारौ महिलाहरु बलत्कार भएको मुद्धाहरु आउने गर्दछन् । त्यसैले त्यहाँका महिलाहरु निकै त्रसित हुने गरेका छन् । एक सर्वेक्षणका अनुसार भारतमा हरेक २२ मिनेटमा बलात्कारको घटना हुने बताएको छ ।

दक्षिण अफ्रिका

यो पनि विश्वको धेरै जवान केटीहरु बलत्कार हुने देश हो । किनभने यहाँ सन् २०१२ मा मात्र ६५००० बलात्कारका मुद्दा दर्ता भएको थियो । दक्षिण अफ्रिकामा बलात्कार गरेको पुष्टि भएमा २ वर्ष जेल सजायको व्यबस्था रहेको छ ।

ब्रिटेन

विश्वको सबैभन्दा धेरै विकसित देश ब्रिटेन हो । त्यसैले यहाँ महिलाहरु स्वतन्त्र भएर हिडछन् । तर पनि त्यहाँ गरिएको अनुसन्धानमा १ वर्षमा लगभग ८५००० महिलाहरु बलत्कारकृत भएको मुद्धाहरु आउछन् । जसले यो देश पनि धेरै बलत्कार हुने देशमा नै पर्दछ ।

स्वीडेन

स्वीडेनमा पनि धेरै बलत्कार हुने भएकाले यही यहाँको एक मुख्य समस्या हो । जहाँ २५ प्रतिशत महिलाहरु बलत्कारकृत हुने गर्दछन् ।

जर्मनी

विश्वको अत्याधिक बलत्कार हुने देशहरुमध्ये जर्मनी पनि एक हो । तर यहाँ बलियो कानुन नभएकाले हरेक वर्ष २,४०,००० महिलाहरु बलत्कारको शिकार हुने गरेका छन् ।

फ्रान्स

फ्रान्समा सन् १९८० सम्म बलात्कारलाई अपराधिक घटनाको नलिने चलन भएपनि पछि अपराधिक घटना नै मानिएको थियो । त्यसैले यहाँ हरेक वर्ष ७५००० महिलाहरु बलात्कृत हुने गरेपनि १० प्रतिशतले मात्र मुद्धा दर्ता गराउछन् ।

क्यानाडा

क्यानाडामा पनि धेरै बलत्कार हुने देश नै पर्दछ । किनभने यहाँ हरेक वर्ष ठूलो संख्यामा बलात्कारका घटना घट्ने गर्दछ । तर यहाँ ८० प्रतिशत मुद्धाहरु घरमै मिलाउने भएकाले ७ प्रतिशत मुद्दा मात्र प्रहरीमा पुग्छ ।

अष्ट्रेलिया

नेपाली युवायुवतीको आकर्षक पढाई र कमाइको केन्द्रविन्दु अष्ट्रेलियामा पनि धेरै बलत्कार हुने गर्दछन् । त्यसैले यहाँ रहेको नेपाली र त्यहाँको महिलाहरु एक्लै कतै हिडदैनन् ।

डेनमार्क

डेनमार्क एक सानो देश भएपनि यहाँ अत्याधिक बलत्कार हुने गर्दछ । जसले गर्दा हरेक वर्ष ५०० भन्दा बढी महिलाहरु बलात्कृत हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement